काठमाडौं। दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे भूकम्प गएको हो । भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।
अहिलेसम्म भूकम्पबाट भएको क्षति तथा मानवीय क्षतिको कुनै रिपोर्ट आएको छैन । भूकम्पपछि स्थानीयवासीहरूमा सामान्य त्रास देखिएको छ ।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया