पोखरा । पोखरा महानगरपालिकाले फेवाताल आसपास बनाइएका टहरा हटाउन डोजर चलाएपछि स्थानीयवासी आन्दोलित बनेका छन्।

शनिबार बिहान अतिक्रमण हटाउने अभियानअन्तर्गत महानगरले टहरा भत्काउन थालेसँगै प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। डोजर प्रयोगपछि आफ्नो व्यवसाय र दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

advertisement

स्थानीयको विरोधका कारण उक्त क्षेत्रमा सडक आवागमन समेत प्रभावित भएको छ।

महानगरपालिकाले फेवाताल संरक्षण र अतिक्रमण नियन्त्रणलाई लक्ष्य बनाएर अभियान सञ्चालन गरेको जनाएको छ। तर, प्रभावित पक्षले वैकल्पिक व्यवस्था नगरी संरचना भत्काइएको भन्दै आपत्ति जनाउँदै आएका छन्।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com