काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित अजबन क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये दुई जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अन्य चार नेपाली पनि छिट्टै डिस्चार्ज हुने प्रक्रियामा रहेका छन्।

advertisement

उनले जानकारी दिएअनुसार घाइतेमध्ये गम्भीर अवस्थामा रहेका भनिएका एक जना अहिले खतरामुक्त रहेका छन् र उनी अझै अस्पतालमै उपचाररत छन्।

घटनापछि यूएईस्थित नेपाली दूतावासका अधिकारीहरूले सबै घाइते नेपालीसँग सम्पर्क गरी अवस्थाबारे जानकारी लिएका छन्।

उक्त घटनामा पाँच भारतीय नागरिक पनि घाइते भएका यूएईको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com