काठमाडौं। सगरमाथा क्षेत्रमा गाइडहरूले पर्यटकलाई खानामा विष मिसाएर नियतवश बिरामी बनाउने गरेको भनी सञ्चार माध्यममा आएका समाचारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्णतः आधारहीन र भ्रामक भएको स्पष्ट पारेको छ ।

सीआईबीले शुक्रबार औपचारिक विज्ञप्ति जारी गर्दै यस्ता दाबीमा कुनै सत्यता नभएको जनाएको हो । ‘फेक रेस्क्यु’ प्रकरणको अनुसन्धानलाई जोडेर प्रसारित यस्ता समाचारले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको भन्दै ब्युरोले खण्डन गरेको छ ।

advertisement

प्रेस विज्ञप्तिमा सीआईबीले भनेको छ, “हालसम्मको अनुसन्धानमा पर्यटकलाई बिरामी बनाउन विष खुवाइएको भन्ने कुनै पनि प्रमाण फेला परेको छैन ।”

नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने गिरोहमाथि अनुसन्धान भइरहे पनि गाइडहरूले पर्यटकलाई खानामा विष खुवाएर स्वास्थ्यमा खेलबाड गरेको भन्ने दाबी कपोलकल्पित भएको प्रहरीको निष्कर्ष छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता अप्रमाणित समाचारले मुलुकको पर्यटन छविमा गम्भीर क्षति पुर्‍याउने उल्लेख गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालहरूलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

प्रहरीले आधिकारिक पुष्टि बिना यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण नगर्न कडा आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com