मनाङ । मनाङ जिल्लाको नासोँ गाउँपालिका–३ धारापानीमा भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउने व्यक्ति मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका करिब ३७ वर्षीय रामबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार, मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि सिमेन्ट बोकेर बेँसीसहरबाट मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नम्बरको ट्रक आज बिहान करिब १० बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका चालक गुरुङको मृत्यु भएको पुष्टि गरिएको छ। उनको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com