काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो। प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिहरूका सभापति चयनका लागि आज मनोनयन दर्ता हुने कार्यक्रम छ।

advertisement

यसैबीच, कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको जनाएको छ।

उता नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दिएका छन्।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com