काठमाडौं । भिरबाट लडेर एक बालिकाको ज्यान गएको छ। निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो।
बुधबार दिउँसो घर नजिकैको बारीमा बाख्रा चराउने क्रममा उनी भिरबाट लडेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार












प्रतिक्रिया