काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालत प्रशासनबाट भएको अवरोधप्रति असन्तुष्टि जनाउँदै यस्तो अवस्था अघिल्लो शाही आयोगकालमा समेत नदेखिएको टिप्पणी गरेकी छन्।

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा उनले सर्वोच्च प्रशासनकै कारण न्यायिक प्रक्रिया प्रभावित भएको गुनासो गरेकी हुन्। भेटमा सहभागी एक पदाधिकारीका अनुसार मल्लले उक्त अवस्थालाई ‘एक प्रकारको कू’ जस्तै भन्दै गम्भीर असन्तोष व्यक्त गरेकी थिइन्।

advertisement

उनको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘शाही आयोगको समयमा पनि यस्तो प्रशासनिक अवरोध थिएन। सर्वोच्चकै प्रशासनका कारण अहिले यस्तो परिस्थिति बनेको हो। मैले आदेश दिँदा पनि रिट दर्ता हुन सकेको छैन। यस्तो अवरोधबीच काम कसरी गर्ने?’

स्रोतका अनुसार कामु प्रधानन्यायाधीशको स्पष्ट निर्देशनपछि पनि रिट दर्ता प्रक्रिया अघि बढ्न सकेको छैन। साथै, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रार नै कार्यालयबाहिर रहेको जानकारी पनि दिइएको छ।

दरपीठविरुद्धको निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार तथा रजिस्ट्रारको अनुमति अनिवार्य हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com