काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९९४ सवारीचालकमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
traffic.nepalpolice.gov.np�का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १२७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०३ जनालाई कारबाही गरिएको हो।
कार्यालयले ट्राफिक नियमको पालना गर्न सबै सवारीचालकलाई आग्रह गर्दै निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया