काठमाडौं। अभिनेता तथा हास्यकलाकार जितु नेपाल (मुन्द्रे)द्वारा निर्मित तथा अभिनित नेपाली चलचित्र ‘आइ एम जित बहादुर’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल ‘यू’ प्रमाणपत्र प्राप्त गरेको छ।

प्राप्त प्रमाणपत्रअनुसार चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी नेपालभर प्रदर्शनको अनुमति दिइएको छ।

advertisement

कर्मभूमि क्रिएशन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण जितु नेपाल स्वयंले गरेका हुन्। जसमा कार्यकारी निर्माताको रुपमा निरज नेपाल र निश्चल कुवँर रहेका छन्।

चलचित्रका निर्देशक भारतीय फिल्मकर्मी सुभेन्दु राज घोष रहेका छन्। चलचित्रको अवधि २ घण्टा १३ मिनेट रहेको प्रमाणपत्रमा उल्लेख छ।

चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सराह शर्मा, अंशु महर्जन, पवन खतिवडा बाबा , निरज नेपाल, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा तथा निर्देशन सुभेन्दु घोषले गरेका हुन् भने यसअघि सार्वजनिक भएका टिजर, ट्रेलर र शीर्ष गीतले दर्शकमाझ उत्साहजनक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

चलचित्रको शीर्ष गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।

केन्द्रीय चलचित्र जाँच समितिले २०८३ जेठ २२ गते चलचित्रलाई प्रदर्शन अनुमति प्रदान गरेको हो। चलचित्र आगामी असार ५ गते (जुन १९, २०२६) देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

फिल्मकर्मीहरूका अनुसार ‘आइ एम जित बहादुर’ जितु नेपालको अभिनय जीवनमा फरक स्वादको चलचित्र बन्ने अपेक्षा गरिएको छ, जहाँ उनलाई हास्य भूमिकाभन्दा अलग भावनात्मक र संघर्षशील पात्रका रूपमा प्रस्तुत गरिएको छ।

 

 

यो पनिः

‘आई एम जीतबहादुर’ को सिर्जनात्मक प्रचार अभियान चर्चामा

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com