काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले कांग्रेस पार्टी सरकारको मतियारका रूपमा देखिन थालेको आरोप लगाएका छन्।
आइतबार विराटनगरमा आयोजित कांग्रेसको इतर समूहको कार्यक्रममा बोल्दै बरालले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरे। उनले कांग्रेस कमजोर भए लोकतन्त्र र राष्ट्र दुवै कमजोर हुने बताए।
बरालले जेन–जी आन्दोलनका क्रममा केही कांग्रेसीहरू सरकारको पक्षमा उभिएको उल्लेख गर्दै पार्टी विभाजनउन्मुख अवस्थामा पुगेको दाबी गरे। उनले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस सरकारको मतियारजस्तो देखिन थालेको टिप्पणी गरे।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया