काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको भ्रमणमा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी, पर्यटन, ऊर्जा, पूर्वाधार विकास तथा कनेक्टिभिटीका विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ।

बेइजिङ पुगेपछि मन्त्री खनालले नेपाली समुदाय, व्यवसायी तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक भेटवार्ता गर्नुका साथै लगानी सम्मेलनमा सहभागी भई नेपालका ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रका सम्भावनाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।

advertisement

नेपालमा विदेशी लगानी भित्र्याउने, प्रविधि हस्तान्तरण बढाउने तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यसहित चीनसँगको आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ भ्रमण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com