काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जालमा सरकारको भूमिकामाथि तीव्र आलोचना भइरहेको छ। घटनाप्रति कलाकारहरूले पनि सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्।
हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले गणेश नेपालीको मृत्युले सरकारमाथि गम्भीर प्रश्न उठाएको संकेत गर्दै सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ।’
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार












प्रतिक्रिया