काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित बोक्सीदहमा पौडी खेल्ने क्रममा डुबेका १२ वर्षीय बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार डोल्पाका ती बालक आइतबार साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरी साँझ उनलाई अचेत अवस्थामा उद्धार गरेका थिए।

उद्धारपछि बालकलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो। तर, चिकित्सकले उपचारका क्रममा आइतबार साँझ नै उनलाई मृत घोषणा गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

घटनाको उद्धार दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com