काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुञ्जेबेशीमा रोशी खोला तर्ने क्रममा बगेर एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय मोतिमान पाख्रिन रहेका छन्। सोमबार दिउँसो खोला पार गर्ने क्रममा उनी तीव्र बहावमा बगेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुञ्जेको टोली घटनास्थल पुगेको थियो। खोजीपछि प्रहरीले पाख्रिनको शव खोलाबाट बाहिर निकालेको जनाएको छ।

शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com