काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया