दाङ — लमहीस्थित एक मस्जिदमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।

सुनन्त फैजाने रजा मस्जिदमा शुक्रबार दिउँसो नवाज पढिरहेको बेला दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।

मस्जिद व्यवस्थापन समिति अध्यक्ष जमात अलीको राजीनामाको विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । झडपका क्रममा चक्कु र इँटा प्रहारबाट दुवै समूहका व्यक्तिहरु घाइते भएको उनले बताए । उनका अनुसार घाइते हुनेहरुमा लमही नगरपालिका ५ का ६४ वर्षीय गुठे कुरेसी, ३३ वर्षीय असरद अली, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ र २५ वर्षीय कमाल अली छन् ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । अहिले प्रहरीले दुबै पक्षबीच छलफल गराइरहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com