पुर्वी रुकुम— रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा एक व्यक्तिले दुई छिमेकीको खुकुरी प्रहार गरी हत्या गरेर भाग्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब ३:१५ बजे ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समिर बुढाको हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी माधव खरेलका अनुसार उनीहरूको हत्या ५१ वर्षीय छिमेकी चन्द्रसिंह पुनले गरेका थिए।

हत्या पश्चात् पुन फरार भएपछि घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले ठूलो संख्यामा खोजी अभियान सञ्चालन गरेको थियो। ‘घटनामा प्रयोग भएको खुकुरी देखाउँदै भागेको सूचनाका आधारमा करिब ७० प्रहरी परिचालन गरिएको थियो,’ डिएसपी खरेलले भने, ‘फरार अभियुक्तको खोजी गर्दै जाँदा उनी खुलखुले खोलामा मृत अवस्थामा फेला परे।’

पुन मृत भेटिएको स्थानको प्रारम्भिक अनुसन्धान गर्दा उनको टाउकोमा धारिलो हतियारको चोट देखिएको थियो। डिएसपी खरेलका अनुसार प्रहरी परिचालन भएको जानकारी पाएपछि पुन भाग्ने क्रममा भिरबाट लडेका थिए। सोही क्रममा उनले प्रयोग गरेको खुकुरी उनको टाउकोमा लाग्दा गम्भीर घाइते भएका थिए, जसका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ।

पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com