दाङ- दाङमा लागुऔषध गाँजासहित २ व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने ३७ वर्षीय सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला निवासी ४५ वर्षीय शिव मोहोमद मिया रहेका छन्।

राप्ती गाउँपालिका वडा नं. ९ कोइराले भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए।

राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट क्षेत्रमा गाँजा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक शाह सहितको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो।चार किलो पाँच सय ९४ ग्राम, नेपाली १२ हजार नगद, रेडमिन कम्पनीको मोबाइल १ थान, रा.३ प. ८३५ नम्बरको मोटर साइकल र शिव महमद मियाको साथमा लाभा कम्पनीको मोबाइल १ थान बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com