१० वैशाख, सुर्खेत । इजाजतप्राप्त हात हतियार कसैले पनि नबुझाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै सुर्खेत प्रशासनले त्यस्ता हात हतियार प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । तर हालसम्म कसैले पनि बुझाएका छैनन् ।

प्रशासनले गत चैत सोमबार स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो ।

हालसम्म इजाजत प्राप्त गरेर राखिएका जिल्ला भित्रका एक सय हतियार र जिल्ला बाहिरबाट ३९ वटा हतियार रहेका छन् ।तर, तीमध्ये कुनै पनि हतियार प्रहरीलाई नबुझाइएको प्रशासनको भनाइ छ उनीहरूले हतियार आफ्नो आत्मरक्षाका लागि इजाजतसहित राखेको भने पनि कुन प्रयोजनमा प्रयोग भएका छन् यो विषयमा सुर्खेत प्रशासन नै अनविज्ञ देखिएको छ ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com