समाजका घटनाहरुलाई टपक्कै टिपेर रमाइलो शैलीमा व्यंग्य प्रहार गर्ने माड्साबको बारेमा तयार गरिएको आलेख ।


  • ‘माड्साब‘ जुन नाम तपाईंले ब्याङ्ग्यात्मक कार्टुनमा कहिँकतै देख्नुभएको अथवा सामुदायिक रेडियो नेटवर्क (सिआइएन्) को बिहान ६ बजे को साझा खबरपछिको कार्टुनमा सुन्नुभएकै होला। तर हामिले हेर्दै,पढ्दै र सुन्दै आएको कार्टुनको सर्जक ‘माड्साब’ को हुन् भनेर जान्ने इच्छा कार्टुनमा रुचि राख्ने जो कोहिलाई हुनसक्छ । आखिर को हुन् त ‘माड्साब’ ?

काठमाडौं । कार्टुनको सिर्जनाले समाजका कूरीति घच्घच्याउने कला भएका सर्जक हुन् ‘माड्साब’ अर्थात आशिष खनाल ।

विशेषगरी राजनैतिक कुरीति, विसंगति तथा समाजमा भएका समसामयिक विषयमा खरो व्यंग्य प्रहार गर्ने ‘माड्साब’ प्रखर सिर्जनशीलता र हाँस्यविनोदका समिश्रणका खजना नै हुन् ।

‘कार्टुनिस्ट क्लब अफ नेपाल’को सदस्य समेत रहेका उनि समसामयिक विषयबस्तु र यथार्थलाई तीखो कटाक्ष गरेर यथार्थ प्रस्तुत गर्न अब्बल रहेका क्षमतावान कार्टुनिस्ट हुन्।


  • यहाँ बालेन शाह जस्ता ब्यक्ति देखिन्छन् । उनलाई पत्रकारले माइक तेर्साएर प्रश्न गरेका छन् ‘ प्रश्नै सोध्न त राजालाई नि पाइन्थ्यो त म्यार,साब?’ अनि बालेन जस्तै देखिने ब्यक्तिले भनेका छन् ‘के म राजा जत्तिको मात्र हुँ र ?
    सन्दर्भ: बालेनले देखाएको रबाफ

समाजका घटनाहरुलाई टपक्कै टिपेर रमाइलो शैलीमा व्यंग्य प्रहार गर्ने खनाल सानैदेखि चित्रकलामा रुचि राख्दथे । इलामको देउमाई नगरपालिका ४ मा जन्मेका उनी गाउँकै विद्यालयमा पढ्दा विभिन्न चित्रकला प्रतियोगितामा सहभागी भएर स्थान समेत हासिल गर्दथे ।

उनी बिगत ८ बर्ष देखि कोटेश्वर नरेफाँट स्थित लालिगुरास बाटिका सेकेण्डरी स्कूलमा शिक्षण पेशामा आबद्ध छन् । गणित र बिज्ञान विषय अध्यापन गराउँदै आएका खनाल हालै बिद्यालयको सर्बोउत्कृस्ट शिक्षकको रुपमा सम्मानित समेत भएका थिए। उनी अहिले विद्यालयको होस्टेल वार्डेन समेत हुन्। एक कुशल शिक्षकका रुपमा रहेका बहुआयामिक प्रतिभा भएका ‘कार्टुनिस्ट’ खनाल रिपोर्टर्स नेपालको युट्युव च्यानलमा ‘गफ नहान्नु ल’ नामक कार्यक्रमको प्रस्तोता समेत हुन्। चाडै टेलिभिजनमा कार्यक्रम संचालन गर्ने उनको तयारी छ।

कार्टुन बनाउन थालेको करिब ३ बर्ष मात्र भएको उनी बताउँछन्। छोटो समयमा लगाब र इच्छा शक्तिले सफलता पाएका खनाल कार्टुन बनाउन सुरु गरेको एक बर्षमै राष्ट्रिय स्तरको कार्टुनिस्ट बन्न सफल भएका थिए।



  • यहाँ निर्वाचनको बेलाको जस्तो माहोल छ । एकजना नेताले जनतालाई अंगालो हालेर रुँदै गरेको जस्तो देखिन्छ, त्यो देखेर २ जनामध्य एकजनाले भन्छन् ‘कठै पाँच बर्षपछि भेट भाकोले भावुक हुनुभे,छ क्यारे !’
    सन्दर्भ: निर्वाचन जितेर गएको नेता ५ बर्षपछि फेरि भोट माग्न मात्रै जनताको घरदैलो पुग्ने प्रवृत्ति

पेशाले शिक्षक रहेका उनी शिक्षकलाई प्राचिन कालदेखी ‘माड्साब’ भनिने भएकाले एकजना अभिभावकले माड्साब भनेर बोलाउने गरेको कारण त्यसैबाट प्रभावित भएर ‘माड्साब’ उपनाम राखेको उनी बताउँछन्। हाल उनलाई उनको बास्तबिक नाम ‘आशिष खनाल’ नभएर अधिकांशले ‘माड्साब’ उपमाले चिन्दछन्। यो उनको लगाव, इक्छाशक्ती र क्षमताको उपज हो ।

यस अघि ‘नेपाल समाचारपत्र’मा कार्टुनिस्टको रुपमा समेत काम गरेका उनी हाल सामुदायिक रेडियो नेटवर्क (सिआइएन्) मा कार्टुनिष्टका रुपमा आबद्ध छन्।

ग्लोबल नागरिक डट्कम लगाएत चर्चित फेसबुक पेज ‘शिक्षा’ बाट पनि उनको कार्टुन प्रकाशित हुने गरेको छ।



  • यहाँ रास्वपा अध्यक्ष रवि लामिछाने जस्ता ब्यक्ति देखिन्छन् । उनी ऎनारुपी मिडियामा आफ्नो औला देखाउँदै भनेका छन् । अरे ! मै तिर औंला ?
    सन्दर्भ: रविले मिडियाप्रती गरेको कटाक्ष

 

प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com