काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल आध्यात्मिक मार्ग अवलम्बन गर्दै संन्यास दीक्षित भएकी छन्। उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको मार्गदर्शनमा ओशो संन्यास ग्रहण गरेकी हुन्।
शिल्पाको संन्यास ग्रहणबारे अभिनेत्री तथा ओशो संन्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। उनले शिल्पालाई ओशो परिवारमा स्वागत गर्दै लेखेकी छन्, “नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशो नवसंन्यास दीक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु। अबको आध्यात्मिक यात्राले उनलाई नयाँ जीवनको निर्माण गर्न प्रेरित गरोस् र उज्जवल भविष्यतर्फ डोर्याओस्। यस यात्राले अर्थपूर्ण दिशा प्रदान गरोस् भन्ने शुभेच्छा।”
शिल्पाले केही समयअघि मात्र चलचित्र निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन्। संन्यास ग्रहणसँगै उनले नयाँ अध्यात्मिक यात्राको शुभारम्भ गरेकी छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया