काठमाडौं । एसीसी प्रियिमर कप क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चौथो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो ।

नेपालले १५.३ ओभरमा चार विकेटको क्षतिमा ६२ रन मात्र बनाएको छ । नेपालका कप्तान रोहित २७ रनमा आउट भए । उनले ३६ बलमा दुई चौका प्रहार गरे । यसअघि नेपालले ५७ रन हुँदा तेस्रो विकेट गुमाएको थियो । यसअघि १.२ ओभरमा तीन रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले ९ रन हुँदा दोस्रो विकेट पनि गुमाएको थियो । आसिफ शेख १९, भीम सार्की ६ र कुशल भुर्तेल दुई रनमा आउट भएका छन् ।

नेपाल यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समूह ‘ए’ मा बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको यो खेलले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने विजेता र उपविजेता टिमको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: १४ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com