काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल अवलोकन गर्न दशरथ रंगशाला जाने भएकाछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल र म्यानमारबीच साँझ ६ बजे हुने फाइनल खेल हेर्न उनको उपस्थिति रहनेछ।

चार राष्ट्र सम्मिलित यस प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनलसम्म पुगेका हुन्। दुवै टिमले लेबनान र किर्गिस्तानलाई पराजित गर्दै एकअर्कासँग बराबरी खेलेका थिए।

फाइनल खेलअघि प्रधानमन्त्री ओली ललितपुरको पुल्चोकस्थित सेन्ट्रल भेन्युमा जारी “केपी ओली कप” अन्तर्गत खेलाडीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनी सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने महाशिवरात्रि तथा नेपाली सेनाको २६२औं सेना दिवस समारोहमा सहभागी भई फाइनल खेल हेर्न जाने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com