काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो ।

यसअघि नै दुईपटक विश्वासको मत लिएका प्रचण्ड तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

संविधानको धारा १०० को उपधारा २ अनुसार सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था अनुरूप  प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ।

यद्यपि रास्वपाको समर्थन फिर्ताका बीच प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ ।

 

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com