काठमाडौं : काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवार बन्नका लागि नेकपा एकाले काठमाडौं नगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको छ। सिफारिस भएकामा काठमाडौं महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित छन्। त्यस्तै नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्त पनि उम्मेदवारको सिफारिसमा परेका छन्।
कमिटीका अध्यक्ष देउलाले नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने जानकारी दिए।
उनले जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने बताए।
केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्ने उनले बताए। उपप्रमुखको उम्मेदवारका विषयमा छलफल जारी छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको देउलाले उल्लेख गरे।
प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया