काठमाडौं । कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जोडिएको यो मुद्दाले धेरैको ध्यान खिचेको छ।

कास्की प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेसहितका अभियुक्तविरुद्ध ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।

उक्त मुद्दाको थुनछेक बहस कान्छा न्यायाधीश नीतिज राईको इजलासमा भएको थियो। बहसपछि अब अदालतले रवि र अन्य अभियुक्तलाई साधारण तारेखमा रिहा गर्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्न लागेको छ। सम्भवतः बिहीबार नै अदालतले आदेश जारी गर्ने अनुमान गरिएको छ।

यद्यपि, अदालतले रविलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश दिए पनि उनी बिहीबार नै हिरासतमुक्त हुने सम्भावना कम छ।

कारण, रवि लामिछानेविरुद्ध अन्य चार स्थानमा सहकारी ठगी प्रकरणमा पनि पक्राउ पुर्जी जारी गरिएको छ। रुपन्देहीको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी, र वीरगञ्जको सानोपाइला सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ। सम्बन्धित जिल्ला अदालतहरूले यी प्रकरणमा प्रहरीलाई पक्राउ पुर्जी दिएका छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा पुगिसकेको छ। अब रविलाई यस मामिलामा थुनछेकका लागि अदालतमा पेस गर्नुपर्नेछ। अन्य स्थानहरूमा भने प्रहरी अनुसन्धान जारी छ।

यसैले, कास्की अदालतको आदेशले बिहीबार रवि छुटे पनि उनी तत्काल फेरि पक्राउ पर्ने सम्भावना छ।

 

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com