काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भए पनि कास्कीमा धरौटी बुझाएलगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा पुगेको छ ।

काठमाडौं प्रहरीले कास्कीको प्रक्रिया पूरा हुनासाथ हस्तान्तरण गर्न भन्दै पत्र लेखेकाले कास्कीमा धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याइनेछ ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com