काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शन बल्खुबाट सरेर तीनकुनेमा जाने भएको छ। प्रसाईँले बिहीवार बेलुका नै यो प्रदर्शन गणतन्त्र नफालेसम्म निरन्तर रहने चेतावनी सरकारलाई दिएका छन्। उनले आफ्नो आन्दोलनलाई तीनकुनेमा केन्द्रित गर्ने चेतावनी दिएका हुन्।

व्यवसायी प्रसाईँले आफ्नो आन्दोलन आजदेखि तीनकुनेमा हुने जानकारी सामाजिक सञ्जालहरू मार्फत बिहीबार साँझ नै दिएका छन्। उनले फेसबुकमा स्ट्याटस लेख्दै र भिडियो क्लिपहरूमा आफ्नो धारणा राख्दै प्रर्दशनकारीहरुलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन्।

उनले बिहीबार साँझको पत्रकार सम्मेलनमा भनेका छन्, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नभएसम्म चल्छ।’ व्यवसायी प्रसाईँले आज बिहान खाना खाएर ११ बजे तीनकुनेमा भेला हुन उर्दी जारी गरेका छन्। यो आन्दोलनलाई देशभर ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईँको दाबी छ। र, सरकारले जारी गरेको निषेधाज्ञा तोड्ने चेतावनी दिँदै सिंहदरबार छिर्ने बताएका छन्।

बिहीवारको प्रदर्शनमा अपेक्षा गरेभन्दा कम प्रदर्शनकारीहरू आएको सुरक्षा निकायहरूले अड्कल गरेका छन्। व्यवसायी प्रसाईँले आफ्नो आन्दोलन श्रीलङ्का सटाइलमा अघि बढ्ने जानकारी पनि दिए। अबको आन्दोलनमा नेताहरूलाई भौतिक क्षति पुग्न सक्ने घुमाउरो पारामा चेतावनी दिएका छन्।

उनको नेतृत्वको बिहीवारको प्रदर्शनीमा उपस्थितहरूको सङ्ख्या अपेक्षाकृत नभएको सुरक्षा निकायहरूले आकलन गरेका छन्। सुरक्षा निकायका अनुसार बीमा ९ हजार सर्वसाधारणको उपस्थिति हुने सक्ने उनीहरूको आँकलन छ ।

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com