काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलि ( शनिबार ) पनि तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राष्ट्र , राष्ट्रियता , धर्म , संस्कृति र नागरिक बचाउ महाअभियानका नेतृत्वकर्तासमेत रहेको प्रसाईंले शनिबार पनि आफूहरुको आन्दोलन तीनकुने केन्द्रित हुने बताएका हुन् । शनिबार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने प्रसाईंले बताएका छन् ।

शुक्रबार सरकारले आफूमाथि सुरक्षाको बाहना देखाएर घरभित्रै नजरबन्द गरेको आरोप लगाएका छन् । बिहीबार बिहानैदेखि प्रसाईंको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

त्यस्तै , प्रसाईंले आफूलाई घरमा थुनेर सरकारले आफ्ना समर्थकलाई समेत होटल र पार्टी प्यालेसमा नजरबन्द गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंको तीनकुनेबाट प्रहरीले प्रसाईंका समर्थकलाई भकाभक पक्राउ गरेको थियो ।

साथै , तीनकुनेमा आन्दोलन र कुनै पनि प्रकारको भेला तथा सम्मेलन गर्न निषेध गरिएको भन्दै सुरक्षा व्यवस्थामा समेत कडाई गरिएको थियो ।

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com