काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।

भेटमा आसन्न राष्ट्रियसभाको निर्वाचन र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच गणतन्त्रको विरोधमा आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको गतिविधिबारे समेत छलफल भएको स्रोतको भनाइ छ।

कोप-२८ मा सहभागी हुन युएई जानुअघि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल गरेका हुन्। कोप-२८ मा नेपालले समेट्नुपर्ने एजेण्डाका विषयमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग सुझाव लिएका थिए।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com