काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

दाहालले एनसेलले शेयर बिक्री गर्दा कानुनी प्रक्रिया पूरा गरेको/नगरेको विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले एनसेलको शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com