काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘संकल्प यात्रा’ सकेर काठमाडौँ फकिएका छन् । बैतडीको झुलाघाटबाट शुरु भएको १८ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा आज पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सम्पन्न भएसँगै एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएका हुन्।

नेपाली सेनाको एनए-०५४ एएलएच हेलिकप्टरमा अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित दिउँसो सवा ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि आज बिहान ओलीसहित एमाले नेताहरुको टोलीलाई फिदिमबाट चिवा पुर्याउन सो हेलिकोप्टर त्यता गएको थियो ।

एमाले टोलीलाई चिवा पुर्याएर पुन: फिदिम हुँदै विराटनगरमा इन्धन भरेर हेलिकोप्टर काठमाडौँ फर्किएको हो ।

एमालेले ’सम्बन्ध स्थानीय, संदेश राष्ट्रिय’ नारा दिएर मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको यात्रा थालेको थियो । मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत सम्भावना बुझ्न थालिएको संकल्प यात्रामा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएका थिए ।

यात्राका क्रममा कतै पैदल हिँडेका एमाले नेताहरुले कहिँ गाडीको प्रयोग गरेका थिए । तर,आज अन्तिम दिन भने उनीहरुले हेलिकोप्टर चढेका हुन् ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com