काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् ।

इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औँल्याएका हुन् ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए ।

सभापति देउवाले आफूले नख्खु जेलमा पहिलो पटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने ।

भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति भएको देउवाले बताए । भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेको देउवाको भनाई थियो ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com