काठमाडौँ । त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गत आज(शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।

नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपाल शुक्रबार भने आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com