काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा तिर्न चाहनेलाई सम्बोधन गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

आज (शुक्रबार) सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ) का अध्यक्ष कुशलव केसीलगायतका अभियन्ताहरुसँग छलफल गर्दै उनले तिर्न चाहनेलाई मौका दिने गरी अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले यो पनि भनेका छौं, कोही मान्छे तिर्न चाहने मानिसहरु पनि छन् । म तिर्छु, म मिलाउँछु भन्न चाहनेहरुलाई, कोही होलान् नि त्यस्तो, जसले म तिर्न चाहन्छु, मसँग क्षमता छ, दायित्व २ अर्बको छ, सम्पत्ति ५ अर्बको छ भने त तिर्न सक्ला नि । त्यस्ताहरुलाई समेत सम्बोधन गरौं ।’

 

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com