काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको छ ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय उठाइरहेको छ ।

रास्वपाले सङ्कटग्रस्त सहकारीको समग्र समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जानकारी गराएको हो ।
व्यक्तिगत केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको रास्वपाले जनाएको छ ।
व्यक्ति केन्द्रित नभई सम्पूर्णतामा समाधान निकाल्न रास्वपा सधैँ तयार रहेको रास्वपाको भनाई छ।
गत शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बन्न सक्ने बताएका थिए ।

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com