सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खातासंचालनमा ल्याएको छ ।

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइमोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा,डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com