काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य भारी रूपले घटेको छ। अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको छ। अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी  तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This