काठमाडौं । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइत्बार लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार
प्रतिक्रिया