काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७ं३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् ।

आगामी निर्वाचनमा दुई तिहाइ ल्याउने लक्ष्यका साथ हिँडेको रास्वपाको जमानत जफत भएपछि अब सोच्न आग्रह गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नुपर्ने हो, मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई तिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो । बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभचिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com