काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपनिर्वाचनमा चटकेहरु साइडमा आएको र ०८४ सम्म सबै ठिक हुने बताएका छन्।

इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको पनि बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले यो कुरा प्रमाणित गरेको बताएका हुन्।

‘निर्वाचन परिणाम आइसक्यो। राम्रो भएको छ। अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली कांग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित भएकाे छ।’ उनले भने।

उनले हार व्यहोरेपनि नेपाली कांग्रेसको मत कमजोर नभएको उल्लेख गरे। सम्मानजनक मत आएको उनको दाबी थियो।

‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ। दुई वटा पार्टी स्थापित भएका छन्। अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन्। ०८४ सालसम्म चटके ठिक हुन्छन्।’ सांसद खतिवडाले भने।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com