काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । नियमित कप्तान रोहित पौडेललाई आराम दिइएको छ । रोहित सहित आज नेपालको प्लइङ ११ मा चार खेलाडी परिवर्तन भएको छ। रोहित, कुशल भुर्तेल, सोमपाल कामी र आका चन्दको स्थानमा आज विनोद भण्डारी, विवेक कुमार यादव, करण केसी र कमल सिंह ऐरी प्लेइङ ११ मा खेल्दैछन् ।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com