काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने भएको छ।

इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल भएको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको शुक्रबार बसेको सचिवालयको बैठकले निष्कर्ष निकालेको छ। ‘जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको रूपमा ग्रहण गर्ने निर्णय भएको छ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

इलामको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू पराजित भएका थिए ।

यस्तो छ रास्वपाका निर्णयहरुः

१) इलामका जनताले घण्टी नबजाइ पार्टीलाई साङ्केतिक घण्टी बजाइदिएका छन् ।

२) पार्टी स्थापनाको दिनदेखि आजको दिनसम्म के कति सहि गर्यौँ, के कति गलत गर्यौँ, पार्टीमा गर्न पर्ने सुधारहरू के के हुन सक्छन्, आगामी कार्यदिशा के हुने लगायत एकपटक पार्टीलाई सम्पूर्णरूपमा रिभ्यु गर्ने निर्णय गरियो । यसका लागी पार्टी महामन्त्रीलाई असार १ मा प्रतिवेदन तयार पारी पार्टी सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिइयो । पार्टी महामन्त्रीले पार्टीका केन्द्रीय समितिदेखी साधरण सदस्यसम्म, शुभेच्छुक, विज्ञ सबैसँग छलफल गरि प्रतिवेदन तयार पार्ने । जेठको दोश्रो साता महामन्त्री यसैका लागी देश दौडाहामा निस्कने । पार्टी सचिवालयमा प्रतिवेदन उपर छलफल र निर्णयपछी केन्द्रीय समितिमा पेश गरिनेछ ।

३) वैशाख २९ का लागि तोकिएको केन्द्रीय समितिको बैठक सो प्रतिवेदन तयार भएपछि गर्ने गरि सारिएको छ ।

४) मन्त्रालय लगायत पार्टी सञ्चालनका लागी थप टिमहरू बनाउने, बनेका टीमहरू रिफर्म गर्ने र टिममा सहभागीताको एटेण्डेन्स हेरि कार्यसम्पादन मुल्याङ्कन गरिने । टिमहरू बनाउन पार्टी महामन्त्रीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरियो ।

प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com