काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न दिएको निर्देशनका विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार दास्रो पटक सम्बद्ध निकायहरूबिच छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले मंगलबारमा साझ दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतका पदाधिकारीसँग छलफल गरी ५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधारमा गरिएको प्रगति विवरण कडा निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले विश्व छनौट फुटबलको अर्को खेल नेपालमै गराउने वातावरण बनाउन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com