काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको संसद् बैठकमा रवि लामिछानेलाई बोल्न दिएर बाँकी कामकारबाहीमा अवरोध गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकमा केही सांसदहरुले रविलाई संसद्‌मा बोल्नै दिन नहुने धारणा राखेका थिए । ‘संसद्‌मा रविलाई बोल्न नदिँदा कांग्रेसले बोल्नै दिएन भनेर जनमानसमा गलत सन्देश जान्छ। त्यसैले बोल्न दिने तर संसदीय समिति नबनेसम्म संसद्को अरु कामकारबाही अघि बढ्न नदिने नीति उपयुक्त हुन्छ’, थापाको भनाइ थियो ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com