काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भए राजनीति छोड्ने बताएका छन्।

‘आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?,’ उनको चुनौती थियो ।

शुक्रबार प्रतिनिधिसभाको बैठक अवरोध भएपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस महामन्त्री गगन थापालाई ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com