युद्ध के हो ?

सामान्य बुझाइमा यो झगडा हो, लडाइँ हो । यो तन र मन दुवै प्रकृतिमा महसुस गरिन्छ । ठोस कुरा गर्दा परस्पर विरोधी दुई दलका विच एकले अर्कालाई दमन गर्ने, हराउने, मार्ने, तथा सम्पत्ती नष्ट गर्ने अभिप्रायले गर्ने गराइने आक्रमणलाई युद्ध भन्ने गरिएको छ।

अशान्तिको पराकाष्ठाको स्वरूप यो राज्यहरू, सरकार, समुदाय वा अर्धसैनिक समूहहरूविचको द्वेषमा हुनेगर्दछ । छोटकरीमा बुझ्दा युद्ध शान्तिको उल्टो अवस्था हो, विनासको अर्को नाम हो र हिंसामय सशस्त्र द्वन्द्व हो।

युद्ध किन लडिन्छ ?

अस्तित्वका लागि युद्ध स्वभाविक मानिन्छ । यो क्षेत्रगत वा अन्य सुरक्षासँग प्राय जोडिएको हुन्छ । वैश्विक जीवहरूको जैविक सञ्जालमा एकले अर्को मारेर खानु कतिलाई युद्ध नै लाग्ने गरेको छ । कसैलाई मारेर कसैको ज्यान बचाउने वकालत पनि सँगै जोड्ने गरिन्छ । यस्तो अवस्था समूहगत रूपमा पनि हुनेगरेको बुझिन्छ ।

बथानमा शिकार गर्ने केही प्राणी हुन्छन् भने रक्षार्थमा जुट्ने समूह पनि सकृय जुट्ने बुझिन्छ नै। मानवेतर लडाइँमा पनि कतिपय अवस्थामा यथोचित उपकरणको प्रयोग पाइन्छ । चिम्पाञ्जीले लट्ठी प्रयोग गरेर शत्रु भगाएका उद्धाहरण सापटी लिनसकिन्छ। यस भनाइका पुष्टिका लागि मनुस्यका हकमा युरोपियनहरूले अङ्ग्रेजी पात्रो र ग्रीगोरीले यससित जोडेका संस्कारको प्रभुत्व फैलाउने नाममा अङ्ग्रेजी नवौँ अनि एघारौँ शताब्दीताका युरोपमा मचाएका करोडौँको ज्यानलिने नरसंहार बिर्सेंर विश्वशान्तिको वकालत अझै नगरिनु विडम्बनापूर्ण मान्नुपर्ने हुन्छ। चौधौँ शताब्दीतिरको मध्योत्तर एसिया अनि पूर्वी युरोपमा मङ्गोलियनहरूको दब्दबा, पन्ध्रौँ तथा सोह्रौँ शताब्दीको अटोमन साम्राज्यको हैकम पनि कतिपयले सम्झने गरेकै छन् । सोह्रौँ शताब्दीको सुरुदेखिको औपनिवेशिक युरोपियन महत्वाकांक्षाले लिएको रैथाने अमेरिकी सफाया अभियान अनि अफ्रिकालाई अन्यथा लिनेगरिएको क्रुर अमानवीय कहानी थाती राखेर बोल्ने हो भने पनि अनेकन युद्धका धुवाँहरू नजर परेकै छन् ।

नदेखिएको युद्ध उत्तिकै थोपरिँदो छ बिरालाले विष्टा लुकाएजसरी जसको गन्ध नाकतिर ठोक्किन आइपुगीहाल्छन् । आत्मसुरक्षा तथा शान्तिका लागि विश्वमा लडिएका भनिएका अझ कयन् युद्धहरूका भित्री कथाहरू कानसम्म आइरहँदा लाग्छ अत्यावश्यक अवस्थाबाहेक लडिने लडाइने युद्धको मञ्चन बढी छ दुनियाँमा । कतै अशान्ति फैलाएर कमाउने गिरोह सक्रिय छन् त कतै सामरिक प्रभुत्व स्थापित गर्न । बन्दुक बनाउने राष्ट्रले बिक्री बढाउन चाहन्छ।

उत्पादनको अधिकतम परिमाण गरी सोहीअनुसार मुनाफा बढाउन छद्मयुद्धको नाटक गरिन्छ र कतिपय अवस्थामा स्वयम् संलग्न भै हातहतियार किन्ने र आफ्नो सहकार्यमा रहनेको कसरी सुरक्षा निश्चित गरिन्छ देखाउन पनि खोजिन्छ । हालै युक्रेनको ढाल बनाएर केही पश्चिमा देशले कसरी हतियारको व्यापार बढाए जगजाहेर छ । त्यसैगरी दोस्रो विश्वयुद्ध मत्थर गर्दै रहँदाको वार्सासम्झौताको सीमा नाघेर नेटोले सदस्य बढाएको र रसियाले यस कदमको सामना गर्नुपर्ने अवस्था ल्याइनु पनि युद्धपिपासुहरूकै स्वार्थको थप सङ्केत बुझ्नसकिन्छ । भन्नैपर्दा युद्धका लागि युद्ध हुनेगरेको छ ।

आखिर केका लागि झगडाको बिउ रोपिन्छ र यसको मलजल गरिन्छ ?

हालै युक्रेनी राष्ट्रध्यक्षले एक क्रुसेडको नेतृत्व गर्ने गडले आफूलाई छानेको र धर्मरक्षाका लागि युद्ध गरिरहेको बताएका छन् । केही अघि एक रसियन खेमाले रसियाका नायक पुटिनलाई पनि धर्मपुजारी भनी बहादुरीका रस्पुटिनसमेतको हाराहारी उभ्याएको सुनिएकै हो । नयाँँ ठाउँँमा आफ्नो प्रभुत्व जमाउन सजिलो पार्ने उदेश्यले नास्तिकता फैलाउने र चलीआएको संस्कृतिविरुद्ध जत्था खडागरी आफ्ना विचार लाद्ने परिपाटी पनि युद्धस्तरमै चलाइआइएको छ । हिन्दूवादी जत्थाले आक्रमण गरेको भन्ने यदाकदा सुन्नेगरिएकै छ भने जिहादका नाममा मानवीय बम फटाउने कार्य समाचारमा रहेकै सुनिन्छन् । नास्तिकता फैलाउने जागिरेहरूले यसरी फरक धर्म फैलाउन माध्यमपात्रको भूमिका खेलिरहेका छन् भने अर्कोतिर आफूले मानिआएको आस्थाप्रति अनुदार रहन सिकाइरहेको अवस्था उत्तिकै टड्कारो देख्नसकिन्छ । प्यागनिजम र कम्युनिजमजस्ता द्वैध चरित्रका स्वार्थसमूह खडा गरी गराइ आस्तिकतालाई थल्याउने गरिन्छ भन्ने केही जानकारहरूको विचार अनि हातहतियारको व्यापार एकैसाथ जोडेर युद्धको औचित्य पढाइने गरेबाट पनि भन्नसकिन्छ यो कुराजनीति र अमानवीयसोचको उपजका रूपमा रहन्छ र सोहीअनुसारका अनेकन कारण तथा उद्देश्यमा खोज्नेगरिन्छ ।

हाल कहाँ-कहाँ युद्ध छन् ?

प्राय: जताततै ।

  • रसियामा नेटोको युद्ध छ जो युक्रेनको महराले धानीरहेको अवस्था छ।
    अर्मेनिया र अजरबैजानमा छ जो नोगोर्नोकाराबाकको निहुँमा छ ।
    इजरायल र प्यालेस्टायनमा छ जो धर्म तथा क्षेत्र रक्षार्थ भएको बुझिन्छ ।
    म्यानमारमा छ जो छरछिमेकीले निर्देश गरेको आन्तरिक राजनीतिको ढकनीमा छ ।
    नाइजरमा छ जो अमेरिका र रसियाको कुटनीतिको रङ्गमा छ ।
    मेक्सिको र कोलोम्बियामा छ जो लागुपदार्थको ओसारपसारको माध्यममा लुप्त छ ।
    हैटीमा छ जो स्थानीय लुटेराहरूको जत्थामा प्रतिविम्बित रहेको बुझिन्छ ।
    अन्तरराष्ट्रिय अदालतमा छ जो रसियाको दोष देखेर इज्रायलको अपराध अन्देखा गरिएको असन्तुलनमा मुखरित छ ।
    ईरान तथा इजरायलमा छ जो अरबको क्षेत्रीय सुरक्षा र कथित पश्चिमाहरूको जथाभावी प्रभावको धारमा अडिएको छ ।
    यमनमा छ जो विदेशी स्वार्थको भण्डाफोर र अपनत्वका लागि लडिरहेका हुथी र अन्य यमनी मतान्तरमा निहित छ ।
    कतै रङ्गभेदमा, कतै कमाउ-व्यापारमा, कतै प्रभाव-अभाव-दवावमा त कतै पहिचानको मुद्दामा त कतै आस्थाका टोकरीहरूमा आदि इत्यादि !

फेरि अर्को ठूलो युद्धको खतरा छ ?

चाइना-ताइवान, भारत-पाकिस्तान, भेनेजुयला-गुयना, आदिमा खटपट रहनु र विश्व दुई ध्रुवमा जोडतोडले लागिरहेको अवस्थाले युद्ध अवस्यम्भावी प्रतीत छ । फिनल्याण्ड्, स्विडेन आदि नेटोमा थपिनु र रसिया, चाइना तथा दक्षिणअफ्रिकाजस्ता देशको नयाँँ समीकरण अगाडि आउनु युद्धविश्लेषकको नजरले बेग्लै किसिमको बुझ्नथालेको छ । ढिलोचाँडो फेरि अर्को विश्वयुद्धको खतरा छैन भन्नसकिने अवस्था नभएको कतिपयको ठम्याइ छ । शान्तिको कामनासहित, नमस्कार !

  • अध्यापक, नारायण नेपाल राजनितीक, साहित्यिक तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछन्।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com