काठमाडौं । दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा स्थान बनाएका छन्।

बुधबार आइसिसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । दीपेन्द्रले १६९ अंक प्राप्त गरेका छन् । वरीयताको शीर्ष स्थानमा बंगलादेशका साकिब अल हसन कायम छन् । उनले २२८ अंक प्राप्त गरेका हुन् । श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र अफगानिस्तानका मोहम्मद नाबी तेस्रो स्थानमा छन्।

नेपालका कुशल मल्ल ३२औँ र गुल्सन झा ६०औँ स्थानमा यथावत् छन् । कप्तान रोहितकुमार पौडेल एक स्थान गुमाउँदै ६५औँ र करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थान छन् । बलिङतर्फ नेपालका सोमपाल कामी ९२औँ स्थानमा यथावत् छन् । उनी शीर्ष सयभित्र अटाउने एक्ला नेपाली बलर हुन् । बलिङ वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल रसिद यथावत् छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com