काठमाडौं । नेपालमा इतिहासमै पहिलोपटक स्वास्थ्य क्षेत्रमा नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रि सेमिनार हुने भएको छ ।

‘नेपलिज एकेडेमी अफ न्यरोलोजी’ले आयोजना गरेको नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय कन्फरेन्स मे १८ र १९ मा काठमाडौँमा हुने भएको हो । विभीन्न मूलुकका नसा रोग, छाती, नाक, कान, घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुले सिपमुलक तालीम समेत प्रदान गर्ने आयोजकले जनाएको छ।

सेमिनारमा नसा सम्बन्धी रोग जस्तै: स्ट्रोक, छारेरोग, विर्सने रोग, जिउ नधानीने रोगको बारेमा पनि सेमिनारमा छलफल गरीने बताइएको छ ।

यस सेमिनारको उदेश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नसा रोगको उपचार सम्बन्धि के-कस्तो अभ्यासहरु भैरहेको छ भन्ने ज्ञान आदान-प्रदान गर्ने रहेको ‘नेपलिज एकाडेमी अफ न्युरोलोजी’का अध्यक्ष प्रा. डा. कृष्ण कुमार ओलीले जानकारी दिए ।

नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय कन्फरेन्मा नेपाल, भारत, अमेरीका, स्पेन, होल्याण्ड, श्रीलंका लगायत ६ देशका तिन सय भन्दा बढी चिकीत्सकहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com